Get Adobe Flash player
Share on facebook
Visitor Stats
mod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_counter
mod_vvisit_counterToday152
mod_vvisit_counterYesterday212
mod_vvisit_counterThis week582
mod_vvisit_counterLast week1500
mod_vvisit_counterThis month1404
mod_vvisit_counterLast month7855
mod_vvisit_counterAll days71206

We have: 2 guests online
 , 
Today: Sep 08, 2010
Home Cultural Package Dohori Saanjh

postheadericon Dohori Saanjh

Click here to download Dohori program application

दोहोरी प्रतियोगिता

हामी  नेपाली बिस्वको कुनै भागमा  जाओस , आफ्नो पहिचान पनि पछि लागेको हुन्छ | जहाँ गएपनि हाम्रो परिचय बनाउने तथा गर्न राखने बिभिन्न पक्षहरु छन | कला तथा संस्कृतिको धनि देश नेपाल, ती पक्षहरु मध्ये एक हो भन्नेमा दुइमत छैन |

कला-संस्कृतिको एउटा सानो पक्षको कुरा उठ्छ यहाँ, लोक दोहोरीको ,डांडाकांडा, उकाली ओराली तथा भंज्यांगको चौतारी लगायत बिभिन्न पर्ब, पूजा, आजा, भोजभतेर, मेलापातमा केटा केटी बिचमा आपसी चिनारी सहित, दुःख -सुख , तथा मायाप्रीति साटसाट गरी दुबै तर्फ द्वारा अति मनोरंजनात्मक रुपमा लोक लयमा गाईने गीतलाई दोहोरी गीत भनिन्छ |

चाडपर्ब तथा पूजाआजमा  लगातार दिन-रात भर पनि गाएर हारजितको टुंगो लग्न नसक्ने यस दोहोरी गीत मूलत गण्डकी क्षेत्रमा प्रचलित भए पनि हिजोआज संपूर्ण नेपाल दोहोरीमय भएको छ | डांडाकांडा, भन्ज्यंगबाट ओराली झरेर अहिले बिभिन्न सहरहरुमा दोहोरी रेस्टुरेंटहरुले साथै १९९६ तीर काठमांडू सहरमा पनि दोहोरी रेस्टुरेंट सुरुवात भएपछि सम्पूर्ण दोहोरी प्रेमी आम नेपाली लाई चोखो मनोरंजन  दीइराखेको  छ |

प्राय: २० देखि २५ अक्षरहरुलाइ आकर्षक अर्थपूर्ण तथा च्वास्स  घोच्न पुग्ने तिखो मौलिक  शब्दहरु केही क्षणमै रचि  छन्दमय संरचनामा ढाली लोक  भाकामा संगीत बद्दा बनाई प्रस्नोतर रुपमा गाईन्छ |

जस्तै, केटा पक्षले भन्छ :

रहेछौ नानी रूपकी धनी

कर्के नजर लाई दिउंकी म पनि

अनि केटी पक्षबाट उत्तर आउछ यसरी :

कर्के नजर  लगाउछौ किन

पहिलो भेटमै  म तिमीलाई चिन्दीन

यसै परिप्रेक्षमा, यसपटक ANA Convention को इतिहासमा छुट्टै परिचय दिइ नेपाली लोक संस्कृति संरक्षण गर्ने हेतुले Boston Convention २०१० को मुख्य आकर्षणको पक्ष यस दोहोरी प्रतियोगिताले लिने भएको छ | आशा एबं बिस्वास छ, दोहोरिका  पारखी ,समर्थक , कलाकार तथा श्रोता बर्गले सह्भागिताले Convention अबस्य सफल बनाउनेछ |

If you are interested to take part in the dohori competition or with any questions, please contact us via email:

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

DOHORI SANJH

ORGANIZING COMMITTEE

CULTURAL PACKAGE

 

लोक दोहोरी प्रतियोगीताको भाकाहरू फेरबदल गरिएको जानकारी:
दोहोरी संयोजक समीतीद्वारा अंतिमभेलामा पारित गरे मुताबिक निम्न भाकाहरुलाई चयन गरिएको छ.
१. लालू पाते नुग्यो भुइतिर ...की लाऊ माया मै तीर की लाऊ उइतिर  निरा नालौ दुइतिरा ....
२.बल्ला पर्यो निरमाया माकुरी जालैमा........
३.मायालु कांको मै परे ..............
४.बोस्टन शहरमा...........
५. तिम्लाई टाढा मलाई नि टाढा ............
संगीतकार तथा गायक - गायिकाहरु कृपया उपरोक्त भाकाहरुमा अभ्यास गर्नु होला साथै यस भाकाहरुमा कुनै कठिनाई परेमा सम्पर्क राख्नु होला साथै सुझाब दिन नबिर्सनु होला /
धन्यवाद
धन कुमार गुरुंग
संयोजक
दोहोरी प्रतियोगीता ए. एन. ए. सम्मलेन ,बोस्टन, २०१०
संयोजक सदस्यहरु ;
१. श्री मिन के. सी.
२. श्री रंजन बुढाथोकी
३.  श्री टंक  लम्साल
४. सुश्री सुरजा गुरुंग
५. श्री गोपाल पोखरेल ( केंनेक्टिकेट)
स्वागत गीत रचना, कम्पोज तथा गायन  ;  लोक गायक  श्री मिन के. सी.
दोहोरी प्रतियोगीता संगीत संयोजक ;
संगीतकार श्री राज कपूर (न्यू योर्क ) तथा साथी हरु .
कार्यक्रम संचालक ;
राम प्रसाद खनाल
पुरस्कार राशी ;
प्रथम;        $ ८००.
दयुतीय;     $ ५००
सर्वोक्रिस्ट; $२०० (एक गायक - या   गायिका )

 


 

बोस्टन  २०१० एएनए कन्भेन्सन

दोहोरी  प्रतियोगिताको  नियमहरु यसप्रकार छन |

१. दोहोरी प्रतियोगित्मामा  सहभागी हुन चाहने समूहले जून १५ २०१० सम्म  दर्ता गराई सक्नु पर्नेछ |

२.  प्रत्येक सहभागी समूहले दर्ता शुल्क बापत डलर १५० बुझाउनु पर्नेछ र यसबाट सहभागी गएक गायीकाको एएनए दर्ता शुल्क स्वत: मिनाह हुनेछ |

३. प्रतियोगी  समूहले दर्ता गर्दा दोहोरी समुहको नाम तथा समुह प्रमुखको नाम उल्लेख गर्नु पर्नेछ |

४.  प्रतियोगिताको समय अबधिको सन्दर्भमा सहभागी समुहको संख्या हेरेर दर्ता भैसके पछि निर्णय गरिनेछ | जुन निर्णय प्रत्येक समूह प्रमुखलाई जानकारी गराइनेछ साथै          सहभागिता समुहको  संख्या हेरेर तीन चरण सम्मको प्रतियोगिता हुनेछ |

५. यस प्रतियोगितामा  लोक सस्कृति तथा दोहोरी बिधामा प्रसिद्दी ब्यक्तित्व तथा कलाकारहरूबाट तीन जना  निर्णयक मंडली हुनेछ | जुन निर्णयक मण्डलीको परिचय कार्यक्रम सुरुहुनु अघि मात्र गरिनेछ |

६ . भाकाहरुको सन्दर्भमा निर्धारित भाकामा प्रतियोगिता सुरुहुनु अघि मात्र निर्णयक मण्डलीले चिठ्ठा प्रथा द्वारा छनौट गरिनेछ सो छनौट भाकामा गाउनु पर्नेछ |

७. संचालक समूहले हाल ५ भाकाहरु छनौट गरिएको छ | प्रत्येक सहभागी समूह सो भाकाहरुमा गाउनु सक्नु पर्नेछ | यद्दपि प्रत्येक सहभागी समूह प्रमुखहरु संग छलफल गरेपछि भाकाहरु थपघट तथा अदलबदल गर्न सकिनेछ | निर्धारित भाकाहरू यसप्रकारका छन |

१.  सुपारी चाम्रो ...............

२ बोस्टन सहरमा........

३ मायालु काँको  मै परे..........

४ झील झील सितारा ............

५ बल्ल पर्यो  निरमाया माकुरी जालैमा .............

८ निर्णयक मण्डलीको निर्णय साथसाथै दर्सकबृंदको  निर्णयलाइ पनि मध्य नजर  राखी हारजितको फैसला गरिनेछ |

९ प्रत्येक गायक गायीकाले निर्णयक मण्डलीको टिप्पणी तथा निर्णयलाइ  ब्याक्तिगत मुद्दा बनाई टिप्पणी गर्न पाइने छैन | सो निर्णयलाइ सम्मान गर्नु पर्नेछ |

१० गीतको सुरुवात समूह प्रमुख द्वारा मात्र हुनेछ र प्रत्येक समूहले सुरुगर्न ३० सेकेण्ड भन्दा ढीला भएमा अंक काटिनेछ |

११ सहभागी समुहहरु मन्चमा स्थान ग्रहण गरिसके पछि आकस्मिक कारन बाहेक कार्यक्रम सकिनु अघिसम्म मन्चबाट बाहिरिन पाउने छैन |

१२ यदि कुनै सामुह प्रतियोगिताको बिचमा  छोड़न पुगे तथा छोड़न चाहेमा प्रतिद्वंदी स्वत: बिजय हुनेछ  |

१३ यदि संगीत  मण्डलीद्वारा संगीत संयोजनमा गड़बड़भै तथा प्रबिधिक कमजोरी द्वारा प्रस्तुतिमा बाधा अड़चन परे पुन सुरु गरिने  छ | यस परिस्थितीमा अंक गणना गरिने छैन |

१४ सहभागी समूहले ध्यान दिनु पर्ने महत्वोपूर्ण  पक्ष; दर्शकबृंदमा उत्तेजना ल्याउने किसिमको अश्लील तथा उछ्रिन्ख्ल शब्दहरु प्रयोग गर्न पाइने छैन| यदि यस्तो परिस्थिति उत्पन्न भएमा निर्णायक मंडलिले प्रतियोगिता स्वत: रद्द गर्न सकिनेछ वा सो समुहलाई प्रतियोगिता बाट बर्खास्त  गर्न सकिनेछ |

१५ भेश्भुशाको संधर्भामा; केटापछ्य्ले नेपाली पोशाक; दौरा-सुरुवाल,कोट,टोपी तथा केतिपछ्य्मा;गुन्यु (फरिया)-चोली अर्थात नेपाली जातीय तथा संस्कृति परिचय दिनु पर्नेछ|

नोट: माथि उल्लेखित कतिपय नियमहरु संचालक समुहको रोहवोरमा परिमार्जन गर्न पनि सकिनेछ|
 
BE A PART OF THIS YEARS ANA REGISTRATION TEAM! ↓
  • ANA 2010 Fashion
  • ANA 2010 Fashion
  • ANA 2010 Fashion